
सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ । नेपाल क्रिकेट सङ्घ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ ।
नेपाल क्रिकेट सङ्घमा देशभरबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ