राष्ट्रिय सहकारी महासंघले २२ वटा वटा संघको सदस्यता खारेज गर्दै
बुधबार, १२ माघ २०७८, १३ : ५८
राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो ।
सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको कारण सहित ३५ दिनभित्र महासंघमा स्पष्टिकरण दिन समेत सदस्य संघहरुलाई भनेको छ । लामो समय देखि नियमित वार्षिक शुल्क भुक्तानी नगर्ने तथा महासंघको कुनै पनि गतिविधिमा सरिक नरहने र सहकारी गतिविधिमा समेत निश्क्रिय रहने सदस्य संघहरुलाई यस्तो सूचना जारी गरिएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान