५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड
पत्रकारिता र कलाकारितामा लागेका ५ युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । ५०२० मिटरको उचाइ सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो ।
गिनिज बुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शीर्षकमा नेपाली युवाहरू सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ । ‘सुन्दर हिमाल’बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेका हुन् भने गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखर जंग श्रेष्ठ (गजरकोटे)ले साथ दिएका छन् । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन् । रेकडिष्टको भूमिका शिखर जंग श्रेष्ठ (गजरकोटे)ले निर्वाह गरेका छन् ।
खारेमै सुट गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका छन् । निर्देशक राईसँगै मोडल तथा डान्सर सृजना किराँती, पत्रकार तथा गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे) र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।
गंगाराम राईको छायाङ्कन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान