मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा पनि सिटामोलको मौज्दात रित्तिँदै

बुधबार, १२ माघ २०७८, १३ : ५१
बुधबार, १२ माघ २०७८

विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहँदा ताप्लेजुङमा पनि सिटामोलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको छ । 

अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङलिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेडिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।

अधिकांश मेडिकल हलहरूमा  शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामोलले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।

ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन । अधिकांश सिटामोल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप