विमानस्थलबाट एक महिनाअघि बरामद गरिएको क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबीको राय
त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ । हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो ।
अनुसन्धान गर्दा सो डिभाइस ‘क्रिप्टोकरेन्सीमा प्रयोग हुनसक्ने’ देखिएको सीआईबीका डिआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । उनले भने–‘डिभाइस के हो ? भनेर विमानस्थल भन्सार कार्यालयले हामीलाई अनुसन्धान गर्न भनेको थियो, अनुसन्धानपछि सो डिभाइस जफत गर्न राय सहितको प्रतिवेदन बुझाएका छौँ ।’
सो सफ्टवेयरले पासवर्डलाई सुरक्षित बनाउने अनुसन्धानबाट थाहा भएको छ । पेनड्राइभ आकारका ती सफ्टवेयर भन्सार जाँच पासका क्रममा भेटिएपछि बरामद गरिएको थियो । सो डिभाइसको बाहिर लेखिएको थियो–‘डिजिटल वालेट ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ