१० वर्षपछि युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा ‘हर्के हल्दार’
हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । समाचार तयार गर्दासम्म श्रृंखलाको ५३३ भाग युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।
तीन दिन अगाडि युट्युवमा अपलोड भएको यो श्रृखंला ५ लाख बढी भ्युजका साथ युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो । कलाकार बिष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत समेत यो खुसी शेयर गरेका छन् ।
बिष्णु सापकोटा, किशोर भण्डारी, शिवहरि बैरागी, सुरेन्द्र केसी, रोशनी सापकोटा, रेश्मा तिमिल्सिना इन्द्र दोङ लामा लगायत कलाकार मुख्य भूमिकामा देखिँदै आएका छन् । पछिल्लो समय किशोर भण्डारीको लेखनमा निर्माण हुँदै आएको श्रृंखलाको निर्देशन इन्द्र दोङ लामा हुन् । बुद्ध थापा र प्रवेश पोखरेलको छायाङ्कन रहेको श्रृखंला राज कार्कीले सम्पादन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको चेतावनी : शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन
-
प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाने, अग्निपथको बारेमा होला कुरा ?
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?