भाइको छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
बुधबार, १२ माघ २०७८, १३ : ०३
सहोदर भाइको छोरी हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपल छाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल पक्राउ गरेको छ । उनीमाथि २७ महिनाकी सविना ढकालको हत्या गरेको आरोपमा छ ।
उनलाई सोमबार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ढकालले सुविनालाई जमिनमा पछारेर अचेत बनाई छाडेका थिए । प्रहरीले अचेत अवस्थामा फेला पारेर उपचारको लागि रामपुर अस्पताल पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
आरोपीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड