शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने

बुधबार, १२ माघ २०७८, १२ : ५४
बुधबार, १२ माघ २०७८

फिल्म ‘सिन्धुलीगढि’ निर्माण हुने भएको छ । सास इन्टरटेनेमन्ट प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सास अधिकारी हुन् ।  मंगलबार फिल्मले चलचित्र विकास बोर्डबाट छायाङ्कन अनुमति प्राप्त गरेको छ । लामो समयको खोज र अनुसन्धानबाट बन्न लागेको फिल्म निर्देशन विश्वमणि घिमिरेले गर्न लागेका हुन् । फिल्मको लेखन समेत निर्देशक घिमिरेको रहेको छ ।

फिल्मका लागि अहिले धमाधम अडिसनमार्फत कलाकार छनौट भइरहेको निर्देशक घिमिरेले बताए । ‘फिल्मका मुख्यदेखि सबै कलाकार हामी अडिसनबाट छानिरहेका छौ’ निर्देशक घिमिरेले भने, ‘कलाकार छनौट सकिएपछि फ्लोरमा जाने छौ ।’

सिन्धुली, काभ्रे र काठमाडौंमा छायाङ्कन हुने फिल्ममा साउथका चर्चित एमिनेटर तथा निर्देशक एसएस राजामौलीको सहयोग रहने निर्देशक घिमिरेको भनाई रहेको छ । पोष्ट प्रोडक्सन मुम्बईमा हुने बताइएको फिल्म नेपालीको अलवा हिन्दी र अंग्रेजी भाषामा पनि डबिङ हुनेछ । फिल्म एक औपचारिक कार्यक्रम सहित छायाङ्कनका लागि फ्लोरमा जाने निर्देशक घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप