साढे २१ लाख जनसंख्या विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे
१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो ।
दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४०० अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।
जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन् । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।
भौगोलिक क्षेत्रअनुसार विदेशिने जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जना देखिएको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण