शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साढे २१ लाख जनसंख्या विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

बुधबार, १२ माघ २०७८, १२ : ३९
बुधबार, १२ माघ २०७८

१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो । 

दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४००  अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।  

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन्  । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

भौगोलिक क्षेत्रअनुसार विदेशिने जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जना देखिएको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप