यी हुन् वार्षिक जनसंख्या वृद्धिदर बढी भएका ५ जिल्ला, ५ जिल्लाको ऋणात्मक
बुधबार, १२ माघ २०७८, १२ : १७
केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२ प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।
यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङको माइनस १.३२, भोजपुरको माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत रहेको छ । समग्र देशको १० वर्षको जनसंख्या वृद्धिदर भने ०.९३ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै