भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी
जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।
यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।
अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,‘अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता