शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सीबारे बैंकर्स संघपनि बोल्यो, ‘गैरकानुनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही हुन्छ’

बुधबार, १२ माघ २०७८, ११ : ३७
बुधबार, १२ माघ २०७८

भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) बारे नेपाल बैंकर्स संघले पनि आफ्नो धारणा राखेको छ । पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो । 

भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार÷व्यवसाय गैरकानूनी रहेको सम्बन्धी बुधबार एक सूचना जारी गर्दै बैंकर्स संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले हालसम्म मान्यता नपाएको सन्दर्भमा यस्तो कार्य गर्नु गराउनु गैरकानुनी हुने बताएको छ । 

‘क्रिप्टो/भर्चुअल तथा नेटवर्क मार्केटिङ लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ संघद्वारा जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप