
नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो

नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको छ । वि.स. २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो । तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।
यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ । हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको पाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ