सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

चार्टर्ड फ्लाइटमा भएको ठगी उजुरीका लागि मन्त्रालयद्वारा म्याद थप

बुधबार, १२ माघ २०७८, १० : २९
बुधबार, १२ माघ २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो कोभिडका बेला चार्टर्ड फ्लाइटको नाममा भएको ठगी विरुद्ध उजुरी दिन म्याद थप गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको ठगी मुद्दामा छानबिन गर्न उजुरी माग गरिएकोमा हालसम्म पनि पीडितहरुले उजुरी दिने क्रम जारी राखेकाले उजुरी दिने म्याद थप सात दिन थपिएको जानकारी दिएको हो । 

माघ १२ गते सूचना जारी गरेको नागरिक उड्डयन मन्त्रालयले ठगी सम्बन्धि सम्पूर्ण प्रमाण सात दिन भित्र मन्त्रालयको अनलाइन मार्फत पेस गर्न भनेको छ ।  कोभिड १९ को पहिलो महामारीका बेला विभिन्न मुलुकहरुमा भएको मानव उद्वार तथा चार्टर्ड फ्लाइटमा उडान कम्पनीहरुले बढी भाडा असुलेर ठगी गरेको आरोप लागिरहेको छ ।

सो सम्बन्धमा छानबिन गर्न मन्त्रालय यसअघि नै छानबिन समिति गठन गरिसकेको छ । अहिले सोही समितिले आर्थिक अनियमितता तथा ठगी बारे अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप