शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थलभित्र छिर्न खोज्दा झडप

बुधबार, १२ माघ २०७८, १० : २२
बुधबार, १२ माघ २०७८

मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रदर्शनकारीहरू माथि प्रहार गरेका थिए ।


यता झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको सो पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप