शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोहलपुर स्मार्ट न्यू सिटीले ल्यायो सरल किस्तामा घडेरी

बुधबार, १२ माघ २०७८, १० : १७
बुधबार, १२ माघ २०७८

कोहलपुर स्मार्ट न्यू सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाइरल छ । यसको मुख्य कारण भनेको स्मार्ट न्यू सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख सहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरू मासिक सरल किस्तामै उपलब्ध छन् । 

२०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भिड बढेको स्थानीयवासीहरु बताउँछन् । यो मध्य पश्चिम र सुदूर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रूपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै पर्याप्त खुल्ला क्षेत्र रहेको छ । स्मार्ट सिटीबाट नेपालगञ्जका लागि नगर बस आवतजावत गर्ने गर्दछ । 

नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २० प्रतिशत मूल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत ब्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिन्छ । आफ्नो इच्छा र आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि जतिसुकै धुरको प्लट किन्न सकिने  कोहलपुर डेभलपर्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप