मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा ट्रकमा आगजनी

बुधबार, १२ माघ २०७८, १० : १३
बुधबार, १२ माघ २०७८

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा गए राति एक ट्रकमा आगजनी भएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ स्थित विशाल चौक हुँदै पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा आगजनी भएको हो ।

कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति अन्दाजी ११ बजेतिर आगजनी भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जनाए । अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रूपमा जलेको छ भने यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित महुली पुलमा एक ट्रक जलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप