बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

बुधबार, १२ माघ २०७८, ०९ : ५८
बुधबार, १२ माघ २०७८

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ | दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबैभन्दा पहिले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरेका हुन् ।

केसीले मतदान गरेपछि अन्यले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्न पाउनेछन् । प्रदेश  र स्थानीय तहका ३/३ वटा मतपेटिका राखिएको छ । कोभिड सङ्क्रमितलाई सेनिटाईजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख गेहेन्द्र कुवरले  बताए छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप