कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा
बुधबार, १२ माघ २०७८, ०८ : ३५
जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।
सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो