आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जनमत पार्टी आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

बुधबार, १२ माघ २०७८, ०८ : ३२
बुधबार, १२ माघ २०७८

'किसान आन्दाेलन'का नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ । 

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।

'पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ' भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप