शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै

बुधबार, १२ माघ २०७८, ०८ : १४
बुधबार, १२ माघ २०७८

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक हुने भएको छ । योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो । 

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप