मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आज : भारतको गणतन्त्र दिवसदेखि क्लिन्टन–मोनिका सम्बन्ध

बुधबार, १२ माघ २०७८, ०७ : ५४
बुधबार, १२ माघ २०७८

आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प

आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो । 

क्लिन्टन–मोनिका सम्बन्ध

सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको भुटो  विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

भारतमा गणतन्त्र दिवस 

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ ।

डायमन्ड फेला

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन
सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली

सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए । जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप