५ वटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरणका लागि सात दिनको समय
बुधबार, १२ माघ २०७८, ०७ : १३
पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् ।
कालो सूचीमा राख्न लेखी पठाइएका कम्पनीहरूमा श्री कर्णाली विल्डर्स, जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवा, रसुवा, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन् ।
अनुगमन कार्यालयले उनीहरूसँग कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न मा गरे पनि हालसम्म स्पष्टीकरण पेस नगरेको जनाएको छ । कार्यालयले स्पष्टीकरण पेस गर्न थप सात दिनको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट
-
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु