बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

बुधबार, १२ माघ २०७८, ०६ : १२
बुधबार, १२ माघ २०७८

९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ ।

थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल आइसकेको र बुधवार (आज) भैरहवास्थित विमानस्थलमा आइपुग्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

एरो थाइको टोलीले ग्राउन्ड बेस, धावनमार्ग, बिल्डिङ, इक्वीपमेन्ट, लाइटिङलगायत पक्षहरूको निरीक्षण गर्ने तयारी रहेको उनले जानकारी दिए । यससँगै उक्त टोलीले क्यालिब्रेशन उडानको मिति तय गरेर स्वदेश फर्किने कार्यक्रम रहेको दाहालले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप