शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा माओवादी खोटाङ संयोजकमा पाण्डे

मङ्गलबार, ११ माघ २०७८, २१ : २८
मङ्गलबार, ११ माघ २०७८

नेकपा माओवादी केन्द्र खोटाङको संयोजकमा दीपक पाण्डे चुनिएका छन् । तत्कालीन जिल्ला संयोजक देवान किराँती (पृथ्वी) नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको उपाध्यक्ष चुनिएपछि सो स्थानमा पाण्डेलाई अघि सारिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको मंगलबार बसेको बैठकले पाण्डेलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्र खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य बनेका पाण्डेलाई जिल्ला संयोजक तोकिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

नेकपा माओवादी उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असीम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ । 

बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामकरणलाई स्वागत गर्दै प्रदेश १ को नामकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष देवान किराँती (पृथ्वी)ले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप