आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकी सैनिक अलर्टमा, रुसले भन्यो - चिन्ता बढाउने कदम

मङ्गलबार, ११ माघ २०७८, २१ : २०
मङ्गलबार, ११ माघ २०७८

रुसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । ​युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो । 

क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभई अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए । यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा राखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो । अमेरिका र युरोपका केही देशले रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालनमाथि प्रश्न उठाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप