शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

मङ्गलबार, ११ माघ २०७८, २१ : १४
मङ्गलबार, ११ माघ २०७८

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । 

प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

शर्माका अनुसार प्रदेशमा कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या ४०७ पुगेको छ । गत पुस १७ गतेदेखि आजसम्म उक्त सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित बनेको र सबै होम आइसोलेसनमा रहनुभएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप