शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ता आमाछोरा दिल्लीमा भेटिए, अपरिचितको पछि लागेर दिल्लीसम्म

मङ्गलबार, ११ माघ २०७८, २१ : ०७
मङ्गलबार, ११ माघ २०७८

चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएकी छन् । घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उनका श्रीमान् राजेन्द्रले जानकारी दिए । 

श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उनले बताए। खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन सोही दिन दिल्ली पुगेका थिए । दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताए । 

    “आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु”, उनले टेलिफोनमा भन्नुभयो, “कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्लीसम्म पु¥याएकी रहिछिन् ।” श्रीमतीलाई ती महिलाको नामसमेत थाहा नभएको राजेन्द्रले बताए । राजेन्द्रका अनुसार उनीहरुबीच फोनमा कुराकानी भएपछि दिल्ली जाने योजना बनाइको थियो । रोजगारीको लोभले अपरिचित महिलाको लहैलहैमा लागेर श्रीमती दिल्ली पुगेको उनको भनाइ छ ।

    गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्किएकी विक आँगाखेतबाट जीप चढी बुटवल र त्यहाँबाट दिल्ली पुगेको पाइएको छ । राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिएका थिए । 

    बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागिसमेत जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । घरबाट गएको साँझ श्रीमान्सँग कुराकानी हुँदा भाइकोमा आएकी छु भनेपछि विकको मोबाइल एकाएक बन्द भएको थियो । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् । पछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरु दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप