शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनबाट जुवा खेलाएको आरोपमा ठमेलबाट दुईजना पक्राउ

मङ्गलबार, ११ माघ २०७८, २० : ४८
मङ्गलबार, ११ माघ २०७८

अनलाइन मार्फत जुवा खेलाएको आरोपमा काठमाडौँको ठमेलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ घर भएर काठमाडौँ–२६ ठमेलमा बस्ने राकेश कुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह छन् ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीले आरोपीहरूको साथबाट १ लाख ५५ हजार नगद र लाखौँका बैंक भौचर तथा चेक बरामद गरेको छ । काठमाडौँ–२६ स्थित ठमेल होस्टलका सञ्चालक समेत रहेका राकेश कुमार क्षेत्री अनलाइन मार्फत बेटिङ पनि गराउँछन् । यसअघि पनि महानगरीय अपराध महाशाखाले उनलाई पक्रेर मुद्दा चलाएको थियो ।

मंगलबार ठमेल होस्टलको पाँचौँ तलामा अनलाइन मार्फत जुवा खेलाएको कमिसन बाँडफाँडबारे विवाद भएको सुराक पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । क्षेत्रीले अनलाइन मार्फत जुवा खेलाउने गरेको र भारतीय नागरिक सिंहले ग्राहक खोज्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप