प्रदेश १ मा थप एक हजार १६ जनामा कोरोना पुष्टि
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पिसिआर परीक्षण गर्दा ६९० जना तथा ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको हो । पिसिआर परीक्षणका क्रममा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा आठ, तेहृथुममा सात, इलाममा चार, उदयपुरमा तीन, सङ्खुवासभामा दुई, भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगरका २४५, सुन्दरहरैचाका १७, बेलबारीका आठ, बूढीगङ्गा र उर्लाबारीका पाँच÷पाँच, कटहरी र स्थानीय तह नखुलेका चार÷चार, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रङ्गेलीका दुई÷दुई, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानका एक÷एक, सुनसरीको धरानका ११३, इटहरीका ५२, इनरुवाका नौ, दुहवीका सात, रामधुनीका ६, हरिनगर, देवानगञ्ज र गढीका तीन÷तीन, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकाका दुई÷दुई र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना देखिएको हो ।
यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा आठ, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीन÷तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक÷एक जना रहेका छन् ।
मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच, लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको चुलाचुलीमा दुई, इलाम नगरपालिका र देउमाईमा एक÷एक, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेशबाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रदेशमा आज १५२ महिलासहित ३२२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री