बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रशिला विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा

मङ्गलबार, ११ माघ २०७८, १९ : ४४
मङ्गलबार, ११ माघ २०७८

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् ।
 
जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् ।

 नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भएकामा बधाई दिएको छ । आगामी दिनमा अझ मिहिनेतका साथ अगाडि बढ्न सफलता प्राप्त होस् भन्दै सङ्घले शुभकामना व्यक्त गरेको छ ।
 
नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को उचाइलाई छुन सफल भएकामा खुसी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन सङ्घले यसबाट खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तरलाई उकास्न थप दबाब परेको र त्यसमा सङ्घ सदा अग्रसर रहने विज्ञप्तिमा उल्लेख छ ।
 
 विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप