मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालविरुद्ध मौरिसस : एक तिहाइ दर्शक राखिने, टिकट दर एक हजार र ५०० ताेकियाे

मङ्गलबार, ११ माघ २०७८, १८ : ४५
मङ्गलबार, ११ माघ २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । यसैबीच  दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिइने भएको छ । 

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको जनाएको हो । 
खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ । यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् । 

प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप