दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका
दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरी टोली फर्किएको डीएसपी भट्टले बताए ।
शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरी आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।
घटनाबारे जानकारी दिँदै दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भने, ‘मृतकले ६ गते राती स्थानीय एउटा पसलमा मदिरा खाएको बुझिएको छ । बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ । हत्या भए नभएको बारे पोस्टमार्टम रिपोट आएपछि थाहा हुन्छ ।'
घटनाको छानबिनका लागि प्रहरीले स्थानीयहरूसँग सोधपुछ गरिरहेको छ । शव एक जना स्थानीयको घर नजिकै फेला परेको बताइएको छ ।
ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रूपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झैँ झगडा तथा हिंसाजन्य घटनाहरू बढ्दै गइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते