१५ जिल्लामा ५०० बढी सक्रिय संक्रमित, २४ घण्टामा दुई लाखभन्दा बढीले लगाए खोप

देशका १५ जिल्लामा कोरोनाभाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भने १२ हजार आठजनामा देखिएको थियो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।
यसैबीच विगत २४ घण्टामा आज दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन् ।
यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख २३ हजार ९४४ मात्रा लगाइएको छ ।