बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अधिवेशन सकिएको तीन सातापछि एमाले मकवानपुरको शपथ

मङ्गलबार, ११ माघ २०७८, १६ : ५२
मङ्गलबार, ११ माघ २०७८

जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

२३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । तर, तत्कालीन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिबिना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनीयताको शपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै शपथ भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप