५० मेगापिक्सेल एएफ पोट्रेट सेल्फीसहित भिभो भी२३ ई नेपालमा सार्वजनिक
भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफोन एक्स्ट्रिम नाइट पोर्टेट र मल्टि स्टाइल पोर्टे«टसहित ५० मेगापिक्सेल अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामेरा फिचर भएको स्टेलर इनोभेसन सहित आएको छ ।
यसमा डबल एक्सपोजर मोड, डुअल–भ्यु भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियोमा अझै गुणस्तर आउने कम्पनीले जनाएको छ । रातको समयमा फोटो तथा भिडियो खिच्न पछाडिबाट ६४ मेगाफिक्सल नाइट क्यामरा जडान गरिएको छ । २.० प्रविधिसहित आएको यसमा ८ जीवी ¥यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीवीलाई पनि ¥यामका रुपमा प्रयोग गर्न सकिने सम्पनीले जनाएको छ ।
७.३६ मिलिलिटर मोटाइ रहेको यो एकदम पातलो र हलुका रहेको छ । यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ । ४४ वाटको फ्ल्यास चार्ज फिचर समावेश गरिएको फोन मूनलाइट स्याडो र सनसाइन कोस्ट गरी दुई रंगको संयोजनमा बनेको छ । यसको खरिद मूल्य ४४ हजार ९९९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो डिएभी बी.सी.ए. अन्तर कलेज फुटसल कपको तयारी पूरा
-
डढेलो सहर पसेपछि... (तस्बिरहरू)
-
दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि बेर छैन : अध्यक्ष प्रचण्ड
-
न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई दियो २५६ रनको लक्ष्य
-
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने
-
साढे २४ अर्ब लागतमा दुई पाइपलाइन निर्माण गर्ने निगमको तयारी