शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५० मेगापिक्सेल एएफ पोट्रेट सेल्फीसहित भिभो भी२३ ई नेपालमा सार्वजनिक

मङ्गलबार, ११ माघ २०७८, १६ : ५०
मङ्गलबार, ११ माघ २०७८

भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफोन एक्स्ट्रिम नाइट पोर्टेट र मल्टि स्टाइल पोर्टे«टसहित ५० मेगापिक्सेल अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामेरा फिचर भएको स्टेलर इनोभेसन सहित आएको छ । 

यसमा डबल एक्सपोजर मोड, डुअल–भ्यु भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियोमा अझै गुणस्तर आउने कम्पनीले जनाएको छ ।  रातको समयमा फोटो तथा भिडियो खिच्न पछाडिबाट ६४ मेगाफिक्सल नाइट क्यामरा जडान गरिएको छ । २.० प्रविधिसहित आएको यसमा ८ जीवी ¥यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीवीलाई पनि ¥यामका रुपमा प्रयोग गर्न सकिने सम्पनीले जनाएको छ । 

७.३६ मिलिलिटर मोटाइ रहेको यो एकदम पातलो र हलुका रहेको छ । यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ । ४४ वाटको फ्ल्यास चार्ज फिचर समावेश गरिएको फोन मूनलाइट स्याडो र सनसाइन कोस्ट गरी दुई रंगको संयोजनमा बनेको छ । यसको खरिद मूल्य ४४ हजार ९९९ रुपैयाँ रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप