माघ लागेसँगै बैंकबाट १३ अर्ब बाहिरियो, कर्जा मागमा सामान्य वृद्धि
माघ महिनाले लागेसँगै वाणिज्य बैंकहरुबाट १३ अर्ब रुपैयाँ भन्दा बढी तरलता (लगानी योग्य पुँजी) बाहिरिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत पुस ३० गतेदेखि माघ ७ गतेसम्म १३ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।
संघका अनुसार गत पुस २३ गतेदेखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुले अधिकतम १७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब २४ अर्ब संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् पुस ३० देखि माघ ७ गतेसम्ममा १३ अर्बले निक्षेप गुमाउँदै ४३ खर्ब ११ अर्ब मात्र संकलन गर्न सकेका हुन् ।
तर, यता सोही अवधिमा वाणिज्य बैंकहरुले कर्जा तर्फ भने एक अर्बले मात्र वृद्धि गर्दै कुल ४१ खर्ब ४४ अर्ब लगानी गरेको संघले जनाएको छ । अघिल्लो हप्ता अर्थात् पुस २३ गतेदेखि ३० गतेसम्ममा बैंकहरुले कुल ४१ खर्ब ४३ अर्ब कर्जा लगानी गरेका थिए ।
यसले बजारमा अझैपनि तरलता अभावको अवस्था कायमै रहिरहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट