बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँमै

मङ्गलबार, ११ माघ २०७८, १६ : ४७
मङ्गलबार, ११ माघ २०७८

पछिल्लो २४ घण्टामा थपिएका नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकाबाहिर मोरङ जिल्लामा ४४२, सुनसरीमा २९१, काभ्रेपलाञ्चोकमा २१२, कास्कीमा ३११, बाँकेमा १२१, रुपन्देहीमा २२३ र कैलालीमा १६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ।  सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप