शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ११ माघ २०७८, १६ : ३२
मङ्गलबार, ११ माघ २०७८

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महनागरपालिका-२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ६  दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप