खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति
वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ । मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको हो ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।
कार्यदलका सदस्यहरुमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।
माघ ९ गते वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परेर गैंडाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई
-
उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
-
श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
-
रामायणमा कैकेयीको भूमिकाबारे लारा दत्ताले के भनिन् ?
-
कपिलवस्तुमा श्रीमान श्रीमती मृत फेला
-
जसलाई श्रमिक दिवसले छोएन, तस्बिरहरू