बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ५ अंकको गिरावट, ५ अर्बको कारोबार

मङ्गलबार, ११ माघ २०७८, १५ : १४
मङ्गलबार, ११ माघ २०७८

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ अंकको गिरावट आएको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो । यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अंकमा आइपुगेको थियो । तर, परिसूचक सुधारिँदै २८ सय ५६ अंकसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै कारोबार बन्द हुने समयमा ५ अंक घटेको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर ११ सय ६ रुपैयाँ पुगेको हो । यस्तै, आज एसियन लाइन इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको सेयर २६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २२ करोडको सेयर किनबेच हुँदा एनआईसी एसियाको १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप