बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

डलरको अवैध कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा

मङ्गलबार, ११ माघ २०७८, १४ : ४२
मङ्गलबार, ११ माघ २०७८

राजश्व अनुसन्धान विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । कैलाली लम्किचुवा स्थायी ठेगाना भइ हाल काठमाडौं कालोपुल बस्दै डलरको अवैध कारोबार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

विभागले दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ । उनीहरूले सामूहिकरुपमा मोबाइल एप्स इ स्किल तथा बिनान्स प्रयोग गरेर विदेशी विनिमय डलरको कसुर गरेको पाइएको छ । उनीहरूले अनलाइनमार्फत डलरको अवैध कारोबार गरेका हुन् ।

उनीहरूले विभिन्न बैंक खाताबाट ३७ करोड ६४ लाख ८९६ रुपैयाँ बराबर हुन आउने ३१ लाख २७ हजार ८९६ अमेरिकी डलर अवैधरूपमा निर्यात गरेको पुष्टी भएको विभागले जनाएको छ । विदेशी विनिमय (निर्यात गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को सूचना समेतले निषेधित कसुर गरेको पुष्टी भइसकेको छ । सोहीकारण, सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप