शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञानले बनाए हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो

मङ्गलबार, ११ माघ २०७८, १४ : ३७
मङ्गलबार, ११ माघ २०७८

दर्जनौं नेपाली म्युजिक भिडियो निर्देशन गरिसकेका विज्ञान राई पछिल्लो समय हिन्दी गीतका भिडियो निर्देशनमा पनि सक्रिय छन् । ‘फास्लो पे’ तथा ‘प्यारका नसा’ बोलका दुई हिन्दी गीतमा यस अगाडि भिडियो बनाएका राईले फेरि नयाँ हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो सार्वजनिक गरेका छन् ।

भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले निर्माण गरेको र पोखरामा छायांकन भएको यो भिडियो राईले नै निर्देशन गरेका हुन् । ए एम तुराजको शब्द तथा राजु सरदारको संगीत रहेको गीतमा अल्टमाश फरिदीको स्वर छ । 

भिडियोमा स्वस्ति कोथारी र सुशील कुमार ऐलानीको अभिनय देख्न सकिन्छ । संजय लामाको छायांकन रहेको भिडियो निर्देशक राई आफैले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप