बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बारामा विवाहको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते

मङ्गलबार, ११ माघ २०७८, १३ : ०४
मङ्गलबार, ११ माघ २०७८

बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।

रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको उनको भनाइ छ । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप