शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

मङ्गलबार, ११ माघ २०७८, १२ : २९
मङ्गलबार, ११ माघ २०७८

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।

आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीले नियमित उडान गरेका थिएनन् । 

सडक सञ्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपछि यहाँ यस्ता सामग्री ढुवानी समेत रोकिएको थियो । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप