शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनको ११ अर्ब डलरको पाइपलाइनले कसरी नेटो र ईयूलाई विभाजित गर्दैछ ?

मङ्गलबार, ११ माघ २०७८, १२ : २१
मङ्गलबार, ११ माघ २०७८

रुस र जर्मनीबीचको जमिनमुनिको पाइपलाइनले अहिले ठ्याक्कै त्यही काम गर्दैछ, जुन कुरा दुई देशले नकार्दै आइरहेका थिए – भूराजनीतिक सङ्कटमा एउटा हतियार ! सन् २०१५ मा यसको घोषण हुँदा अमेरिका, बेलायत, युक्रेनसहित युरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरूले यसप्रति आपत्ति जनाएका थिए । यसले युरोपमा मस्कोको प्रभाव बढ्ने उनीहरूले चेतावनी दिएका थिए ।

१२०० किलोमिटर लामो पाइपलाइन गत सेप्टेम्बरमा सम्पन्न भएको थियो । अब यसको अन्तिम अनुमतिको प्रतीक्षा मात्र रहेको छ । यो पाइपलाइन सुरु भइसकेको छैन तर रुस र पश्चिमा राष्ट्रबीच द्वन्द्व चलिरहँदा अहिले नै यसले पारम्परिक गठबन्धनमा फाटो ल्याउन ठूलो ‘हतियार’ को काम गरेको छ । विज्ञहरूले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ठूलो जीतका रूपमा अर्थ्याएका छन् । अमेरिकाको जर्मन मार्सल फन्डकी सिनियर फेलो क्रिस्टिन बेरजिना पाइपलाइनको विषयमा भएको ‘ड्रामा’ ले मस्कोलाई फाइदा पुगेको बताउँछिन् । ‘नेटो र युरोपियन युनियनको एकता भत्काउन रुसका लागि यो पाइपलाइन ठूलो हतियार बनेको छ,’ उनले भनिन् । 

लामो समयसम्म रुस र जर्मनी दुवैले पाइपलानको केवल व्यावसायिक प्रयोजन भएको र यसले राजनीतिमा प्रभाव नपार्ने बताउँदै आएका थिए । तर मध्य र पूर्वी युरोप जहाँ रुसबाट आउने ग्याँसले ठूलो भूमिका खेल्छ, यो विषय ऊर्जाभन्दा पनि बढी राजनीतिकसँग ठोक्किन्छ । प्राकृतिक ग्याँसको मूल्यमा रेकर्ड वृद्धि भइरहेको अवस्थामा पछिल्लो तनावले यसको मूल्यमा थप वृद्धि हुनेमा युरोपियन प्रयोगकर्ताहरू थप चिन्तित बनेका छन् । 

रुसले ऊर्जाको मद्दतले युरोपमा दबाब बढाउन खोजेको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भने युरोपमा ग्याँसको मूल्य बढ्नुमा मस्कोलाई जिम्मेवार ठहराएको छ ।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप