
संसारको सबैभन्दा ठूलो आरओसी विमानको परीक्षण उडान सफल

संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।
हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ । यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ