शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजीमा ‘माइला बाजे’को पुस्तक

मङ्गलबार, ११ माघ २०७८, १२ : ००
मङ्गलबार, ११ माघ २०७८

माइला बाजेको छद्मनाममा विविध विषयमा ब्लग लेख्ने सञ्जय उपाध्यायको  पुस्तक इम्पावर्ड एन्ड इम्पेरिल्ड : नेपाल्स पिस पजल इन बिट्स एन्ड पिसेस हालै प्रकाशित भएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा दोस्रो जनआन्दोलन र संविधान घोषणाबीचको अवधिमा लेखिएका लेख समावेश छन् । 

पुस्तकको भूमिकामा लेखक उपाध्याय लेख्छन्, ‘जब मैले ब्लग लेख्न सुरु गर्दै थिएँ, त्यतिखेर राजा ज्ञानेन्द्रको शाही शासन चरम स्थितिमा थियो । सात पार्टीको गठबन्धन र माओवादीबीच बाह्र बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर धेरै कुरा अस्पष्ट थिए । भूराजनीति, सार्वजनिक विचार, आशा, निराशा अनुमान लगाउन नसकिने कुरा थुप्रै थिए । शाही प्रतिगमनको ‘न्यारेटिभ’ जति बलियो भए पनि मैले त्यसलाई कहिल्यै विश्वास गरिनँ, अहिले पनि गर्दिनँ । कसैलाई पनि राम्रो नहुने गरी हाम्रो त्रिपक्षीय लडाइँं धेरै लम्बिएको थियो ।’ 

आफ्नो ब्रह्मले जे देख्यो, त्यही लेख्ने स्वतन्त्रता आफूलाई छद्मनामले दिएको उनी बताउँछन् ।  उनको ब्याकफायर इन नेपाल : हाउ इन्डिया लस्ट द प्लट टू चाइनालगायत पुस्तक प्रकाशित छ । माइला बाजेको परिचय थाहा पाएपछि कलाकार मनीषा कोइरालाले ट्वीट गरिन्, ‘म र मेरा बुबाआमा अन्तर्दृष्टि र बुझाइले भरिएका उनका लेखहरूको प्रायः चर्चा गथ्र्यौं । र उनको साँचो परिचय अनुमान लगाउने प्रयास गथ्र्यौं ।’ राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने, ‘वाह ! अनुमान लगाउने खेल सकियो । सुसङ्गत, सुस्पष्ट भएकोमा र अझ राम्रो नियतले आफूलाई लागेको कुरा राखेकोमा धन्यवाद, सञ्जय उपाध्याय ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप