साउथ चाइना सीमा अमेरिकी लडाकु विमान दुर्घटना
मङ्गलबार, ११ माघ २०७८, ११ : ५७
साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।
नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बताइएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई फिलिपिन्सको मनिलास्थित अस्पतालमा पुर्याइएको थियो । पाइलटसहित उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।
सो दुर्घटनाबारे अनुसन्धान भइरहेको वक्तव्यमा भनिएको छ । एफ–३५सी विमान दुर्घटना भएको यो पहिलो पटक हो । अमेरिकी जल सेनाले युद्धपोतबाट अपरेशनका लागि यो सिंगल इन्जिन स्टेल्थ फाइटरको प्रयोग गर्दछ । यो विमान अमेरिकासहित जापान, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, इटाली, नर्वे, नेदरल्याण्ड र इजरायलले प्रयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान